नेपाली साहित्यका पुस्तकहरुको पठन संस्कृति बढाउने र नयाँ लेखकहरुका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ बुलबुल पब्लिकेशनको शुरुवात भएको हो । उपन्यास, कथासंग्रह, कवितासंग्रह, गजलसंग्रह लगायत साहित्यका सबै विधाका पुस्तकहरु बुलबुलले प्रकाशन गर्दै आएको छ । पठन संस्कृति बढाउनका लागि सहयात्री सदस्यता, साहित्यिक स्वयंसेवक परिचालन, विभिन्न कार्यक्रमहरुमार्फत पुस्तक बिक्री जस्ता नयाँ योजनाहरु साथ यो प्रकाशन गृह अघि बढिरहेको छ ।
यति छोटो समय भित्र यति धेरै लेखक साथीहरु हामीसंग जोडिन आउनुहुनेछ भन्ने हामीले शुरुमा सोचेका थिएनौ । तर हाम्रो मिहिनेत, लगनशीलता, कामप्रतिको लगाव र स्पष्टताका कारण धेरै लखक साथीहरु हामीसंग मिलेर काम शुरु गर्नुभयो । उहाँहरुले दिनुभएको साथ र सहयोगले हामीलाई अझ जिम्मेवारी बोध गराएको छ । त्यसै अनुसार हामीले हाम्रो काम गर्ने शैलीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यक्रम तथा योजना तयार पारेका छौं । २०७३ भाद्रबाट काम शुरु गरेको बुलबुल पब्लिकेशनले एक वर्षभित्रमा डेढ दर्जन पुस्तक प्रकाशन गरिसक्ने लक्ष्य राखेको छ ।
पठन संस्कृति विकासका लागि धेरै भन्दा धेरै उपायहरुको खोजीमा बुलबुल पब्लिकेशन निरन्तर लागिरहेको छ । यसैको एउटा उदाहरण हामीले सहयात्री सदस्यता वितरण शुरु गरेका छौं । सहयात्री सदस्यता वितरणले हामीलाई असल पुस्तकप्रेमीहरुसंग जोडिदिएको छ । सहयात्री सदस्य बनिसकेपछि एक एक वटा गरी पुस्तक किन्नु नपर्ने र एकैपटक तिरेको थोरै रकमले त्यो भन्दा धेरै गुणा बढी मूल्यको पुस्तकहरु वर्षभरि पाठकले पाउने हुनाले यो योजना लेखक, पाठक र प्रकाशक सबैका लागि लाभकारी भएको छ । तपाईंको यही माया र प्रेमका कारण हामीले विदेशमा बस्ने पाठकहरुका लागि पनि ई सदस्यता शुरु गर्न गइरहेका छौं । केही समयभित्रै यसै वेभसाइटबाट ई सदस्यताबारे विस्तृत जानकारी पाउन सक्नुहुनेछ ।
कथा, उपन्यास, गजल, कविता, आत्मकथा जस्ता विभिन्न विधाका पुस्तकहरु प्रकाशन गदै आएको बुलबुल पब्लिकेशनले पठक संस्कृति बढाउने नै उद्देश्यका साथ चाँडै साँगीतिक र साहित्यिक क्षेत्रका पाठक, श्रोता र दर्शकलाई जोड्ने योजनाहरु ल्याउँदैछ । विभिन्न कार्यक्रमहरुमा टिकटको लागि पुस्तक बिक्रीमा राखेर अहिले पुस्तक पसलहरुमा पुस्तक किन्ने जाने पाठक भन्दा फरक धारका पाठकहरुलाई पनि साहित्यिक कृतिहरुतर्फ आकर्षित गरिहेको छ । योसंगै देशभरिका हामीसंग जोडिएका बिक्रेता पुस्तक पसल वा स्टेशनरीहरुसंग पनि हामी फरक किसिमले सहकार्य गर्ने योजनामा छौं ।
साथै पुस्तकलाई बेच्न पुस्तक पसल नै मात्र हुनुपर्छ भन्ने छैन भन्ने मान्यताका साथ हामीले पुस्तकको हात हातमा बिक्री गर्ने कार्यक्रम पनि गरिरहेका छौं । यस अनुसार साहित्यिक स्वयंसेवक साथीहरुले बुलबुल पब्लिकेशनका पुस्तकहरु आफूलाई चिनेजानेका व्यक्तिहरुमाझ उहाँहरुको रुचि अनुसारको विधाका पुस्तकहरु बेचिरहनुभएको छ र त्यसबाट प्राप्त हुने रकमको बिक्रेताले पाउने निश्चित हिस्सा उहाँहरुले पनि पाइरहनुभएको छ । यो कार्यक्रममा पनि सबै पक्षका लागि प्रभावकारी हुँदै गएको हामीले अनुभव गरेका छौं ।
योसंगै हामी अरु नयाँ नयाँ योजनाहरुका साथ पाठकहरुसामु आइरहेका छौं । यसमा तपाईं पाठक, लेखक, बिक्रेता साथीहरु, साहित्यिक स्वयंसेवक, सहयात्री सदस्य, सहयात्री ई सदस्य सबैको हामीलाई सहयोग जरुरत पर्दछ । कृपया हामीलाई हाम्रा कमी कमजोरीहरु औंल्याउँदै सहयोग गरिदिनुहुन बुलबुल पब्लिकेशन परिवार अनुरोध गर्दछ ।