दीपक आचार्य जलन

बर्दियाको भुरिगाउँ घर हुनुभएका दीपक आचार्य जलनले बर्दिया मात्रै नभई मध्य पश्चिमका धेरै क्षेत्रमा गजल लेखन अभियान गरिसक्नुभएको छ । उहाँले गजल सिकाएका धेरै मानिसहरु अहिले गजलकार बनिसकेका छन् । लामो समय कुवेत रहेका दीपकले प्रवासमा बस्दा पनि गजल लेखन क्रमलाई निरन्तरता दिइरहनुभयो । त्यसैको प्रतिफल हो उहाँको पछिल्लो कृति अचानोमा दिल । यस अघि पनि उहाँको एउटा गजल सं्रगह २०६१ सालमा प्रकाशित भइसकेको छ ।