युवा लेखक सनिम श्रेष्ठ साहित्यमा नयाँ नाम हो । तर गीतसंगीतका क्षेत्रमा धेरैले उहाँलाई चिन्छन् । डिजे उहाँको अर्को सोखको पेशा हो ।
With this highly anticipated new novel, the author of the bestselling Life of Pi returns to the storytelling power and luminous wisdom of his master novel. The High Mountains of Portugal.
We are the best book seller in nepal...
नेपालमा पुस्तक पढ्ने संस्कृति भर्खरै विकास हुँदैछ । पुस्तक ज्ञानको भण्डार हो भन्ने बुझेर पनि हामीले सबै वर्गमा यसको महत्व स्पष्ट पार्न सकेका छैनौं । ‘पूरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ भन्ने थोरोको वाणीलाई हाम्रो समाजमा सबैले मनन गर्ने हो भने हाम्रो पठन संस्कृतिमा उल्लेख्य वृद्धि आउनेछ । महँगा लत्ताकपडा, भोजभत्तेर, सुखसयलका सामग्रीहरुमा ठूलो खर्च गरिदिने क्षमता भएका अभिभावकहरुले पुस्तकमा थोरै मात्र लगानी गरिदिने हो भने नेपालमा धेरै केटाकेटीले पुस्तकबाट अमूल्य ज्ञान पाउँछन् । यस्तै सोचका साथ पठन संस्कृति बढाउने र पाठकसँग नजिकको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ हामीले सहयात्री सदस्यता वितरण गर्न शुरु गरेका छौं । यस अनुसार यो वर्ष जम्मा १००५ जना पाठकलाई सहयात्री सदस्य बनाइसक्ने हाम्रो लक्ष्य छ । सहयात्री सदस्य हुन इच्छुक पाठकहरुले एकपटक रु. १००० तिरेर बुलबुलको सहयात्री सदस्यता लिन सक्नुहुनेछ । यसरी सहयात्री सदस्यता लिएको १ वर्षसम्म हाम्रो पब्लिकेशनबाट प्रकाशित सबै कृतिहरु १ वर्षसम्म निःशुल्क प्रदान गरिनेछ । राजधानी भित्र सहयात्री सदस्य कसरी बन्ने ? राजधानी भित्र हुने पाठकले सहयात्री सदस्य बन्न चाहनुभएमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर हामीलाई इमेल गरिदिने वा फेसबुक पेजमा मेसेज् गरिदिनुभएमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र हाम्रा कर्मचारीले भेटेर तपाईंलाई सदस्य बनाउनुहुनेछ । राजधानी बाहिरबाट सहयात्री सदस्य कसरी बन्ने ? राजधानी बाहिर रहेका पाठकले पनि आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर हामीलाई पठाइदिनुभएमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र बुलबुलको खाता नम्बर प्रदान गर्नेछौं । खातामा शुल्क जम्मा गरिदिएपछि बैंकबाट प्राप्त हुने भौचरको फोटो खिचेर हामीलाई इमेल गरिदिने वा फेसबुक पेजमा पठाइदिनुभएपछि तपाईं सदस्य बन्नु हुनेछ । सहयात्री सदस्यले पुस्तक कसरी पाउँछन् ? राजधानी भित्रका सदस्यहरुलाई हामीले सदस्यता बनाउँदा तोकिएको ठाउँमै हामी पुस्तक पुर्याइदिनेछौं । राजधानी बाहिरका लागि प्रत्येक क्षेत्रको एउटा स्टेशनरी वा पसल तोकिएको हुन्छ र त्यसै पसलबाट आफ्ना पुस्तकहरु प्राप्त गर्न सकिनेछ । पब्लिकेशनले नयाँ पुस्तक प्रकाशन गरेको जानकारी नियमित रुपमा आफ्नो फेसबुक पेजबाट जानकारी गराउनेछ । पुस्तक प्रकाशन भएको मितिले बढीमा १५ दिन भित्र सदस्यसम्म पुग्ने गरी व्यवस्था गरेका छौं । कति वटा पुस्तक पाइन्छ ? बुलबुल पब्लिकेशनले एक वर्षसम्म प्रकाशन गर्ने सबै पुस्तकहरु १–१ प्रति सहयात्री सदस्य हरेकले निःशुल्क पाउनुहुनेछ । सदस्यता लिँदा दिइएको भौचरमा लेखिएको मितिदेखि ठीक एक वर्षसम्म पुस्तक पठाउने क्रम निरन्तर रहनेछ । आफ्नो स्थापनाको एक वर्ष भित्र कम्तीमा डेढ दर्जन वटासम्म पुस्तक प्रकाशन गर्ने हाम्रो लक्ष्य रहेको छ । लक्ष्य भन्दा बढी पुस्तकहरु प्रकाशन भए पनि सबै पुस्तकको एक प्रति सहयात्री सदस्यका लागि सुनिश्चित गरिनेछ । नवीकरणका विषयमा नयाँ प्रकाशन गृह भएका कारण पाठकहरुमाझ परिचित हुन र पठन संस्कृति बढाउँदै आफ्ना लागि आफैं क्षेत्र खोज्ने उद्देश्यले शुरु गरिएको हुनाले सहयात्री सदस्यता अत्यन्त न्युन शुल्क वितरण गरेका छौं । सहयात्री सदस्यता हरेक वर्ष नवीकरण गर्न सकिने छ । नवीकरण शुल्क पछि तोक्नेछौं । सहयात्री सदस्यताबारे तपाईंलाई अरु कुनै जिज्ञासाहरु छन् भने हामीलाई सम्पर्क गरेर सोध्न सक्नुहुन्छ । यदि चित्तबुझ्दो लाग्यो भने आफू सदस्य बनेर आफ्ना साथीहरुलाई पनि यसबारेमा बताइदिनुहुन हामी आग्रह गर्दछौं ।
सदस्यता बन्न्काेलागि
बिल्कुल नयाँ थियौं हामी प्रकाशनका क्षेत्रमा । २०७३ मंसीर ४ गते घोषणा गरिएको सहयात्री सदस्यता यति प्रभावकारी र सशक्त रह्यो कि हामीलाई यो योजनाले धेरै साथीहरुसँग जोड्ने मात्र काम गरेन, बुलबुल पब्लिकेशनलाई असंख्य पुस्तकप्रेमीहरुमाझ चिनाउन पनि ठूलो भूमिका खेल्यो । आजका मितिसम्म हाम्रा १३ वटा पुस्तकहरु प्रकाशन भइसकेका छन् भने अरु थुप्रै पुस्तकहरु भविष्यमा प्रकाशन हुन गइरहेका छन् । पहिलो वर्षको तपाईंहरुको यो साथलाई बुलबुल पब्लिकेशनले उच्च कदर गर्दै दोश्रो वर्षको सहयात्री सदस्यतालाई पनि निरन्तरता दिने व्यवस्था गरेको छ
।
हामीले एक वर्षसम्मको अवधि राखेर सहयात्री सदस्यता वितरण गरे तापनि हामी हाम्रा सबै सहयात्री सदस्यहरुलाई १८ वटा पुस्तक प्रकाशन नभएसम्म सो सदस्यतालाई निरन्तरता दिनेछौं । त्यसपछि मात्रै पहिलो वर्षका सहयात्री सदस्यले नवीकरण गर्नुपर्नेछ । पठन संस्कृति बढाउने र पाठकसँग नजिकको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ शुरु गरिएको सहयात्री सदस्यता वितरण १००५ जना नपुगेसम्म जो कोहीलाई वितरण गरिनेछ ।
दोश्रो वर्षको सहयात्री सदस्य कसरी बन्ने ? ?
राजधानी भित्र हुने पाठकले सहयात्री सदस्य बन्न चाहनु भएमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर हामीलाई इमेल गरिदिने वा फेसबुक पेजमा मेसेज् गरिदिनुभएमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र हाम्रा कर्मचारीले भेटेर तपाईंलाई सदस्य बनाउनुहुनेछ ।
राजधानी बाहिरबाट दोश्रो वर्षको सहयात्री सदस्य कसरी बन्ने ?
पहिलो वर्षको जस्तै राजधानी बाहिर रहेका पाठकले पनि आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर हामीलाई पठाइदिनुभएमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र बुलबुलको खाता नम्बर प्रदान गर्नेछौं । खातामा शुल्क जम्मा गरिदिएपछि बैंकबाट प्राप्त हुने भौचरको फोटो खिचेर हामीलाई इमेल गरिदिने वा फेसबुक पेजमा पठाइदिनु भएपछि तपाईं सदस्य बन्नु हुनेछ ।
सहयात्री सदस्यले पुस्तक कसरी पाउँछन् ?राजधानी भित्रका सदस्यहरुलाई हामीले सदस्यता बनाउँदा तोकिएको ठाउँमै हामी पुस्तक पुर्याइदिनेछौं । राजधानी बाहिरका लागि प्रत्येक क्षेत्रको एउटा स्टेशनरी वा पसल तोकिएको हुन्छ र त्यसै पसलबाट आफ्ना पुस्तकहरु प्राप्त गर्न सकिनेछ । पब्लिकेशनले नयाँ पुस्तक प्रकाशन गरेको जानकारी नियमित रुपमा आफ्नो फेसबुक पेजबाट जानकारी गराउनेछ । पुस्तक प्रकाशन भएको मितिले बढीमा १५ दिन भित्र सदस्यसम्म पुग्ने गरी व्यवस्था गरेका छौं । यदि कसैले पब्लिकेशनको कार्यालयमै आएर पटक पटक वा एकैपटक संकलन गरी आफ्नो भागको सबै पुस्तक लैजान चाहेमा पनि त्यो व्यवस्था गरिनेछ ।
नवीकरण सन्दर्भमा
लबुल पब्लिकेशन स्थापनाको दोश्रो वर्ष नयाँ सहयात्री सदस्य बन्न इच्छुक पाठकहरुका लागि शुल्क रु. ३,००० (तीन हजार रुपैयाँ मात्र) तोकिएको छ ।
तर पहिलो वर्ष नै (२०७४ मंसीर ३ गतेका मितिसम्म) सदस्य बनिसक्नुभएका पाठकहरुले भने आफ्नो सहयात्री सदस्यता नवीकरण गर्नका लागि रु. २,१०० (दुई हजार एक सय रुपैयाँ मात्र) भुक्तानी गरे पुग्छ ।
सहयात्री सदस्यताबारे तपाईंलाई अरु कुनै जिज्ञासाहरु छन् भने हामीलाई सम्पर्क गरेर सोध्न सक्नुहुन्छ । यदि चित्तबुझ्दो लाग्यो भने आफू सदस्य बनेर आफ्ना साथीहरुलाई पनि यसबारेमा बताइदिनुहुन हामी आग्रह गर्दछौं ।
प्रवासमा बस्ने बुलबुल पब्लिकेशनका शुभचिन्तकहरुले पनि डिजिटल पुस्तक पढ्ने गरी हाम्रो इ–सदस्य बनेर सहयोग गरिदिन सक्नुहुन्छ । त्यसका लागि ...... यो लिंकमा क्लिक गरी वा पब्लिकेशनमा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नुहुन्छ ।
सम्पर्क