गजल लेखने तरिका

नेपाली साहित्यमा अहिले गजल निक्कै लोकप्रिय बन्दै गएको छ । हरेकको रोजाइमा गजल पर्न थालेपछी समय सङ्गै गजलको क्षेत्र र विषय पनि निक्कै फराकिलो बन्दै गएको देखिन्छ ।
गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । यस अर्थमा नारीसङ्ग गरिएको कुराकानी , प्रेम वार्तालाब गजल मानियको छ ।परिभाषामा निक्कै मतभेद रहेपनी गजलमा शब्दको कोमलता र अर्थको रोचकता कलात्मक प्रस्तुती गहिरो चिन्तन भाब र सन्देश गजलका विशेषता हुन ।फारसी, उर्दु, हिन्दी हुँदै नेपालमा मोतिराम भट्टले भित्राएको गजलले आजसम्म आइपुग्दा निक्कै लामो फड्को मारेको छ ।


थोरै शब्दमा धेरै अथर्, सन्देश, चिन्तन भरेर विषय बस्तुलाई कलात्मक रुपमा प्रस्तुत गरिने साहित्यको छुट्टै बिधा गजल भएकाले पनि अहिले सर्वाधिक लोकप्रिय बनेको पाइन्छ ।गजलका विषयमा अनभिज्ञ रहेका , गजल लेख्न चाहने र गजल लेख्न भरखरै सुरु गरेका र बुझ्न उत्सुक नब सर्जकहरुका लागि उपयोगी होस भन्ने हेतुले यहाँ गजलका बारेमा र आधारभूत तत्वका बारेमा केही कुराहरु लेख्ने प्रयास गरेको छु ।
सामान्यतया गजल लेख्नु पुर्व गजलका यी तत्वहरुको बारेमा जानकारी हुन आवस्यक छ ।
गजलका तत्वहरु ः
(क) शेर (ख) काफिया(ग) रदिफ(घ) मतला (ङ) मकता (च) तखल्लुस (छ) वहर

(क) सेर ( गजलका दुई हरफलाई सेर भनिन्छ । गजल शेरहरुको संयुक्त रुप हो । गजलमा यती नै सेर हुनुपर्छ भनेर नतोकिएतापनी कम्तिमा ४ सेरलाई अनिवार्य मानिन्छ । तेस्तै ५ सेरको गजललाई सर्र्बाेत्तम मानिन्छ ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा ए उला र दोश्रो पङ्क्तिलाई मिसरा ए सानी भनिन्छ । हरेक शेरको मिसरा ए उलाले कुनै पनि विषयको उठान गर्दछ र मिसरा ए सानीले त्यसलाई रोचकता र कलात्मक रुपमा पुस्ठि गरेको पाइन्छ । एउटा गजलका सबै शेरहरुमा एउटै विषयवस्तु समेटियको छ भने त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ ।
यस्तै गजलका शेरहरुले विविध विषयवस्तुलाई समेटेका छन् भने यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ ।
रदीफको आधारमा पनि गजल दुई किसिमका हुन्छन ।
ड्ड मुरद्दफ गजल ः जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ ।
ड्ड गैरमुरद्दफ गजल ः जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात रदीफ नभएको गजललाई गैरमुरद्दफ गजल भनिन्छ ।
(ख) काफिया ( काफियालाई गजलको मुटु मानिन्छ । यो बिना गजल हुदैन । तुक मिलेको शब्द, शब्दांश या अक्षर नै काफिया हो , यो रदिफ भन्दा ठिक अगाडि आउँछ । प्रत्येक शेरको दोस्रो हरफमा र मतलाको दुबै हरफमा काफियाको प्रयोग अनिवार्य मानिन्छ । तर अन्य शेरहरुमा भने दोस्रो हरफमा मात्र काफिया राखिन्छ । काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(१) पूर्ण काफिया . सिङ्गो शब्द नै काफियाका रुपमा प्रयोग भएका छन भने त्यस्ता काफियालाई पूर्ण शब्द काफिया भनिन्छ । उदाहरण हेरौ ः

मर्यादालाई बचाउने राम भेटिएन
नाम जस्तै गरिएको काम भेटिएन
हेर्यो कि मात लाग्ने गजब रहेछ
नजर जस्तो नसालु जाम भेटिएन
कालो यो जिन्दगी अँध्यारो लाग्छ
खोजिरहे उज्यालो घाम भेटिएन
बृद्ध आमाबुवा बृद्धआश्रम राखेर
भन्छौ भक्त्ी गर्ने धाम भेटिएन

माथिको गजलमा .राम ,काम , धाम , जाम , घाम, आदि काफियाको रुपमा आएका छ्न ।

(२) आंशिक काफिया . शब्द भित्रको एक अंश मात्र काफियाका रुपमा प्रयोग भएको छ भने यस्तो काफियालाई आंसिक काफिया भनिन्छ । उदाहरण हेरौ ः
कोहि निस्ठुरी कोहि मायालु हुन्छ्न
मान्छे पनि गजबका बिषालु हुन्छ्न
ढोकै नभएको यो मान्छेको मन पनि
चोर्न कोइ कोइ त सिपालु हुन्छन्
हेर्यो कि ठहरै पो बनाउदा रहेछन्
आँखा सुन्दरी का सारै नसालु हुन्छन्
रावण भेटिन्छन् यहि कंश भेटिन्छन्
कोहि भक्तिमा लिन श्रद्धालु हुन्छन्

यो गजलमा प्रयोग भयका मायालु , बिषालु , सिपालु , नसालु , श्रद्धालु आंशिक काफिया हुन् ।

(३) एकाक्षरी काफिया . यसमा एउटा अक्षर मात्रै काफियाको रुपमा प्रयोग गरिन्छ । उदाहरण हेरौँ ः

छैन जिन्दगी पनि जिन्दगी जस्तो
लाग्छ मलाइ त केबल नदि जस्तो
आधी उमेर गै गो ख्याल ख्यालमा
केही देखिएन खै प्रगती जस्तो
हिटलरको मनमा प्रेम रोप्न सक्ने
बन्नु छ मलाई पनि कवि जस्तो
तिम्रो माया पनि कमालको रहेछ
ज्यान सन्चो बनाउछ आँैषधी जस्तो

जस्तै ( जिन्दगी , नदि , प्रगति , कवि , औसधि , को अन्तिममा आएका गि, दि, ती, वि, धि ,टि, यी अक्षर काफियाको रुपमा आएका छन् ।

(४) मिलित काफियाः समस्वरात्मक दुईवटा फरक शब्द वा तिनका अंश मिलेर बन्ने काफियालाई मिलित काफिया भनिन्छ । उदाहरण हेरौ ः

तिम्रो जस्तै त मन छ मेरो पनि
मुटुले पिडा सहन्छ मेरो पनि
सानो जागिर मिलाईदेउ हाकिम
अनि जिन्दगी बन्छ मेरो पनि
यो माटो यो देश यो धर्र्ती मा
गजबको आफ्नोपन छ मेरो पनि
सिमा मिच्दै मेरो आगन र बारि
छिमेकीले किन भन्छ मेरो पनि

जस्तै ः सहन्छ ,मन छ ,बन्छ, भन्छ ,पन छ , माथिको गजलमा यी शब्दहरु मिलित काफियाको रूपमा प्रयोग गरिएका छन् ।

(ग) रदिफ ः रदिफ गजलको अनिवार्य तत्व भने मानिएको छैन । काफियाको पछाडी बारम्बार दोहोरिएर आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ ।
माथिका गजलहरुमा काफिया भन्दा पछाडी आएका रदिफ ः
ड्ड भेटियन
ड्ड हुन्छ्न
ड्ड जस्तो
ड्ड मेरो पनि
(घ) मतला ः गजलको पहिलो सेरलाई मतला भनिन्छ ।
मतलाको दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ ।
(ङ) मकता ः यस्को साब्दिक अर्थ समाप्त हुनु हो । गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ ।
(च) तखल्लुस . गजलकारले आफ्नो नाम अथवा उपनाम गजलको अन्तिम सेरमा विषय भाब र सन्दर्भ मिलाएर प्रयोग गरेका हुन्छन् त्यसैलाई तखल्लुस भनिन्छ ।
(छ) बहर ः बहर भनेको छन्द हो । अर्थात गजलमा प्रयोग हुने लय बिधालाई नै बहर भनिन्छ । लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ ।

१, के छ मरी लानु तिमीले र मैले (गजलको पहिलोे) एकदिन छ जानु तिमीले र मैले (सेर मतला भनिन्छ )

सुख दुःख जिन्दगीको रित हो भने
किन हार खानु तिमीले र मैले

याद गरुन साराले प्रिय बन्नुपर्छ
म त भन्छु सानु तिमीले र मैले

रचेर इतिहास बन्नु छ आखिर
पारीजात र भानु तिमीले र मैले

यो मनको जलन आशु ले हरदम अन्तिम सेरलाई
कति धुनु नानू तिमीले र मैले मकता भनिन्छ

यो गजलमा काफिया ः लानु ÷जानु ÷खानु ÷सानु ÷भानु ÷नानू
रदिफ ः तिमीले र मैलै
तखल्लुस ः अन्तिम सेर मकतामा प्रयोग भएको ‘जलन’

गजलका प्रत्येक सेरले पाठक को मथिङ्गल हल््लाउन सक्ने खुबी राख्दछ । विभिन्न विषयलाई कलात्मक रुपमा शब्दको चातुर्य मार्फत चमत्कारिक ढंगले प्रस्तुत गरि गहिरो भाब ,चिन्तन ,निस्कर्स , सन्देश भरेर गजललाई ओजपुर्ण बनाउन सक्नु नै सफल गजलकारको खुबी हो । गजलमा प्रयोग गरिने भाषा कोमल र सिष्ट हुनु पर्दछ । अपमानजनक शब्द , गाली गलौज कसैको प्रतिस्ठामा आंच पुग्ने शब्द र भाषा प्रयोग गर्नु हुदैन ।
गजल फुलले हानेर पत्थर को चोटदिन सक्ने हुनुपर्दछ ।तपाइको अध्यनसिलताले तपाईका गजललाई अझै उत्कृष्ट बनाउछ त्यसैले विभिन्न पुस्तकहरु अन्य गजलकारले लेखेका गजलहरु अध्यनले तपाइको लेखनलाई थप निखारेर ओजपुर्ण बनाउन सहयोग पुर्याउछ । तपाइले लेखेका गजलले केही न केही सन्देश, प्रभाव , र समाज, देश ,मानव जिवनका विभिन्न पक्षलाई छुन सक्नु पर्छ ।

 

=> दीपक आचार्य जलन