सहयात्री सदस्यताको एक वर्ष पूरा, दोश्रो वर्षको निरन्तरता
बिल्कुल नयाँ थियौं हामी प्रकाशनका क्षेत्रमा । २०७३ मंसीर ४ गते घोषणा गरिएको सहयात्री सदस्यता यति प्रभावकारी र सशक्त रह्यो कि हामीलाई यो योजनाले धेरै साथीहरुसँग जोड्ने मात्र काम गरेन, बुलबुल पब्लिकेशनलाई असंख्य पुस्तकप्रेमीहरुमाझ चिनाउन पनि ठूलो भूमिका खेल्यो । आजका मितिसम्म हाम्रा १३ वटा पुस्तकहरु प्रकाशन भइसकेका छन् भने अरु थुप्रै पुस्तकहरु भविष्यमा प्रकाशन हुन गइरहेका छन् । पहिलो वर्षको तपाईंहरुको यो साथलाई बुलबुल पब्लिकेशनले उच्च कदर गर्दै दोश्रो वर्षको सहयात्री सदस्यतालाई पनि निरन्तरता दिने व्यवस्था गरेको छ
।
हामीले एक वर्षसम्मको अवधि राखेर सहयात्री सदस्यता वितरण गरे तापनि हामी हाम्रा सबै सहयात्री सदस्यहरुलाई १८ वटा पुस्तक प्रकाशन नभएसम्म सो सदस्यतालाई निरन्तरता दिनेछौं । त्यसपछि मात्रै पहिलो वर्षका सहयात्री सदस्यले नवीकरण गर्नुपर्नेछ । पठन संस्कृति बढाउने र पाठकसँग नजिकको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ शुरु गरिएको सहयात्री सदस्यता वितरण १००५ जना नपुगेसम्म जो कोहीलाई वितरण गरिनेछ ।
दोश्रो वर्षको सहयात्री सदस्य कसरी बन्ने ? ?
राजधानी भित्र हुने पाठकले सहयात्री सदस्य बन्न चाहनु भएमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर हामीलाई इमेल गरिदिने वा फेसबुक पेजमा मेसेज् गरिदिनुभएमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र हाम्रा कर्मचारीले भेटेर तपाईंलाई सदस्य बनाउनुहुनेछ ।
राजधानी बाहिरबाट दोश्रो वर्षको सहयात्री सदस्य कसरी बन्ने ?
पहिलो वर्षको जस्तै राजधानी बाहिर रहेका पाठकले पनि आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर हामीलाई पठाइदिनुभएमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र बुलबुलको खाता नम्बर प्रदान गर्नेछौं । खातामा शुल्क जम्मा गरिदिएपछि बैंकबाट प्राप्त हुने भौचरको फोटो खिचेर हामीलाई इमेल गरिदिने वा फेसबुक पेजमा पठाइदिनु भएपछि तपाईं सदस्य बन्नु हुनेछ ।
सहयात्री सदस्यले पुस्तक कसरी पाउँछन् ?राजधानी भित्रका सदस्यहरुलाई हामीले सदस्यता बनाउँदा तोकिएको ठाउँमै हामी पुस्तक पुर्याइदिनेछौं । राजधानी बाहिरका लागि प्रत्येक क्षेत्रको एउटा स्टेशनरी वा पसल तोकिएको हुन्छ र त्यसै पसलबाट आफ्ना पुस्तकहरु प्राप्त गर्न सकिनेछ । पब्लिकेशनले नयाँ पुस्तक प्रकाशन गरेको जानकारी नियमित रुपमा आफ्नो फेसबुक पेजबाट जानकारी गराउनेछ । पुस्तक प्रकाशन भएको मितिले बढीमा १५ दिन भित्र सदस्यसम्म पुग्ने गरी व्यवस्था गरेका छौं । यदि कसैले पब्लिकेशनको कार्यालयमै आएर पटक पटक वा एकैपटक संकलन गरी आफ्नो भागको सबै पुस्तक लैजान चाहेमा पनि त्यो व्यवस्था गरिनेछ ।
नवीकरण सन्दर्भमा
लबुल पब्लिकेशन स्थापनाको दोश्रो वर्ष नयाँ सहयात्री सदस्य बन्न इच्छुक पाठकहरुका लागि शुल्क रु. ३,००० (तीन हजार रुपैयाँ मात्र) तोकिएको छ ।
तर पहिलो वर्ष नै (२०७४ मंसीर ३ गतेका मितिसम्म) सदस्य बनिसक्नुभएका पाठकहरुले भने आफ्नो सहयात्री सदस्यता नवीकरण गर्नका लागि रु. २,१०० (दुई हजार एक सय रुपैयाँ मात्र) भुक्तानी गरे पुग्छ ।
सहयात्री सदस्यताबारे तपाईंलाई अरु कुनै जिज्ञासाहरु छन् भने हामीलाई सम्पर्क गरेर सोध्न सक्नुहुन्छ । यदि चित्तबुझ्दो लाग्यो भने आफू सदस्य बनेर आफ्ना साथीहरुलाई पनि यसबारेमा बताइदिनुहुन हामी आग्रह गर्दछौं ।
प्रवासमा बस्ने बुलबुल पब्लिकेशनका शुभचिन्तकहरुले पनि डिजिटल पुस्तक पढ्ने गरी हाम्रो इ–सदस्य बनेर सहयोग गरिदिन सक्नुहुन्छ । त्यसका लागि ...... यो लिंकमा क्लिक गरी वा पब्लिकेशनमा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नुहुन्छ ।
सम्पर्क
बुलबुल पब्लिकेशन प्रा.लि.
डिल्लीबजार हाइट, काठमाडौं ।
सम्पर्क फोन +९७७ ०१ ४४२५७६५ वा मोबाइल ९८२३०३७३५९
इमेल bulbul88117@gmail.com
facebook.com/bulbul88117
twitter.com/bulbul88117
bulbulpublication.com
सदस्यता बन्न्काेलागि