• पहेँलपुर

पहेँलपुर

Overview

गिब्बन र बार्बरीहरूको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला-लिलीको सौन्दर्यसँगै सती जानेहरू आफूलाई जीवनको ठूलो खाडलभित्र त पुर्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् ।

पहेँलपुर डरलाग्दो साम्राज्य हो, सबैलाई यो सत्य ज्ञात छ तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । राजसी ठाँट वा अहंबाट आफूलाई मुक्त गराउन पहेँलो रंगको सहारा लिनु भन्छन् प्राचीन दार्शनिकहरु तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ, मोह र अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रूचाउँदैन ऊ यी जञ्जालहरूबाट ।

पहेँलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ, न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैंभित्र हुन सक्छ तर खोजी कसले गर्ने ? भ्रम अर्थात् मायाको एक सर्को धुवाँमा रूमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक हलुसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रूमल्लियो पहेँलपुरमा ।

पहेँलो फूल, पहेँलो दृष्टि, पहेँलपुर छ संसार !!!