• बन्द आवाज खुलेपछि

बन्द आवाज खुलेपछि

Overview

त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नु भएका रत्न बिकेका कथासंग्रह "बन्द आवाज खुलेपछि" एउटा यथार्थपरक कथाहरुको संग्रह हो । एक दशक लामो माओवादी जनयुद्ध र यसले समाजमा ल्याएको जागरण र चेतनाको स्तरोन्नतिका साथै जनयुद्धको विचलनलाई समेत कथामा उतारिएको छ । कथासंग्रहको विमोचन साहित्यकार आहुति र नारायण ढकालले संयुक्त रुपमा गर्नुभएको हो । आम कथाहरुमा जस्तो यो संग्रहका कथाहरुमा प्रेम मात्रै छैन । समाजका घटनाहरु, कारण, यथार्थता, आन्दोलन र यसले पारेका प्रभाव जस्ता कुराहरुको सुक्ष्म अध्ययन गर्न सकिन्छ । दलित मुक्ति अभियानको ऐतिहासिक कथाहरु बोकेको यो संग्रह यस विषयमा शोध वा अध्ययन गर्न चाहनेहरुका लागि पनि गतिलो पुस्तक हो ।