रत्न बि.के.

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एम.फिल. गर्नुभएका रत्न बि.के.को एउटा कथासंग्रह बन्द आवाज खुलेपछि प्रकाशित छ । परम्परागत कथाहरुको शैली भन्दा पृथक लेखनीको धारलाई प्रस्तुत गर्नुहुने कथाकार रत्नको कथावस्तुलाई हेर्ने दृष्टिकोण समाजशास्त्रीय शैलीमा आधारित छ । एउटा गैर सरकारी संस्थामा आबद्ध रत्न बि.के.का कथाहरु यथार्थको धरातलमा आधारित छन् । उहाँको कथासंग्रह भित्र ११ वटा कथाहरु संग्रहित छन् ।