• एक सर्को माया

एक सर्को माया

Overview

यो उपन्यासको तेश्रो संस्करण २०७८ भाद्रबाट बजारमा आएको छ । नयाँ संस्करणमा आवरणलाई केही परिमार्जन गरिएको छ भने उपन्यासभित्रका केही सामग्रीलाई थोरै परिमार्जन गरिएको छ ।
नयाँ संस्करणको प्रति पुस्तक मूल्य रु. ५०० तोकिएको छ ।

यो उपन्यास रोजगारीका लागि माल्दिभ्स पुगेको एउटा त्यो नेपाली युवकको कथा हो जो अञ्जानमै कुलतमा फस्दछ र आफू कुलतमा फसेको थाहा पाएर पनि बाहिर आउन सफल हुँदैन । कुलतकै बीच त्यहाँकी एउटी सुन्दरी मोडेलसंगको उसको प्रेम, प्रेम र नसाबीचको उसको मानसिक संघर्ष र अन्त्यमा उसले र पाठकले एकसाथ अनुभूत गर्ने मृग मरिचिका नै “एक सर्को प्रेम” को सार हो । पछिल्लो समय नेपाली साहित्यमा प्रकाशित भइरहेका एकै खालका उपन्यासहरु भन्दा पृथक कथावस्तु र लेखनशैली छ यो उपन्यासमा । हालुसिनेसनको डरलाग्दो उदाहरण प्रस्तुत भएको जिएस पौडेलको ४५० पृष्ठ लामो यो उपन्यास पढिसक्दा पाठकले एउटा फरक संसारको यात्रा गरिसक्छ । धुवाँको लामो सर्को मात्रै नभई प्रेमको सर्कोसंगै अघि बढेको कथामा केही उपकथाहरु आएर जोडिएका छन् र पुस्तकलाई थप रोमाञ्चक बनाएका छन् ।