• युएइले बाँडेको मुस्कान

युएइले बाँडेको मुस्कान

Overview

धेरै लेखिए युएइका कथा । राता बाकसमा बन्द लासका कथा, वैराग, वितृष्णा र बालुवाले सपना उजाडेका कथा, अनि सुख्खा खबुस र अतृप्त खडेरीका कथा ।
के खाडी भनेको दुःखको सागर मात्रै हो त ? खाडीमा सबैको बिचल्ली मात्रै हुन्छ र ? खाडी गएका सबैले गैंती र बेल्चा मात्रै चलाउँछन् ?
हाम्रो विमानघाटबाट हरेक दिन अटेसमटेस खुसीका कथाहरु बोकेर हजारौँ सुटकेस पनि त भित्रिन्छन् । ती सुटकेसहरु खोल्दा बिहानी घामझैँ खुल्ने नेपालीका ओठका मुस्कानको मिठास तपाईँ हाम्रो कल्पनामा कहिल्यै अटाएको छ त ?
चालीस वटा कथा संग्रहित यो किताबले त्यही मुस्कान र मिठासको खोजी गरेको छ । युएइमा काम गरिरहेका सरदर दुई लाख पचास हजार नेपालीले गर्ने काम, कमाइ, विदेशमा काम गर्दाका हन्डर, ठक्कर, मूल्य, मान्यता र कामले कमाएको मुस्कानका अनेक पाटा र पत्रहरु केलाएको छ यो पुस्तकले ।
भनिन्छ – दुःख बाँडे आधा हुन्छ, सुख बाँडे दोब्बर !! यो किताब नेपालीले एक्लाएक्लै कमाएको सुख एकआपसमा बाँडेर खुसीलाई दोब्बर बनाउने कोसिस हो ।