• दियोमा तेल थप्नेहरु

दियोमा तेल थप्नेहरु

Overview

नेपाली भाषा विज्ञान अध्ययन गरेका सबै विद्यार्थीहरुलाई पढाउने एक न एक गुरुको जीवनी यो पुस्तक भित्र पढ्न सकिन्छ । २०७५ गुरु पूर्णिमाका दिन विमोचित यो कृति नेपालका शहरी क्षेत्रका अधिकाँश पुस्तक पसलहरुमा उपलब्ध छ ।

सन्तोष कार्की, दिनेश बहादुर बम, प्रताप बहादुर बोगटी र मरिचमान काफ्ले भावुक चार जनाको संयुक्त लेखन रहेको "दियोमा तेल थप्नेहरु" त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषा विज्ञान संकायका ३० जना प्राध्यापकहरुको संक्षिप्त जीवनी हो ।

बुलबुल पब्लिकेशनले यो कृतिको प्रकाशनमा सहयोग गर्दै मुख्य वितरकको जिम्मेवारी लिएको छ ।